पोखरा । शनिबार दिउँसो बेगनासतालमा डुंगा दुर्घटना हुँदा बेपत्ता भएका ६ जनाको शव आइतबार भेटिएको छ । यससँगै दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुगेको छ ।
शव भेटिनेमा १७ वर्षीया मनिषा बजगाईँ, ४ वर्षीय रञ्जित गैह्रे, ५ वर्षीय प्राचिन पौडेल, ७ वर्षीय शंकर खनाल र ८ वर्षीय शिव खनालको शव आइतबार बिहान भेटिएको थियो भने ३२ वर्षीय रवी खनालको शव आइतबार दिउँसो फेला गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी रविन्द्रमान गुरुङ्गले बताए ।
घटनापछि उद्दार गरि उपचारका लागि पठाइएका पोखरा–२८ की कृष्णकुमारी बजगाईंको लेखनाथ सामुदायिक अस्पतालमा र तनहुँ भीमादकी जमुना गैरेको पश्चिमाञ्चलकी क्षेत्रीय अस्पताल पोखरामा शनिबारै उपचारको क्रममा निधन भएको थियो भने दुर्घटनामा परेका सरला खनाल र निशा पौडेल सामान्य उपचार गरी शनिबार घर फर्किएका छन् ।
बेपत्ता सबैको शव भेटिएको कास्की प्रहरी प्रवक्ता डीएसपी गुरुङले जानकारी दिए ।
बेगनासा गणेश कँडेलको घरमा तीजको दर खान गएका आफन्तहरु चढेको डुंगा शनिबार र्दुघटना भएको थियो । अहिले सिंगो बेगनास गाउँ शोकमा डुबेको छ ।
स्थानीय कमलराज कडेंलको घरमा दर खान जाने क्रममा मन्धारे पार्कबाट लिब्दी टुँडा जाँदै गर्दा डुंगा डुबेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया