लागू औषधसहित एक पक्राउ

काठमाडौं । काठमाडौंको बल्खुबाट एक जना लागूऔषध कारोबारी पक्राउ परेका छन् ।

बल्खु क्षेत्रमा लागू औषधको कारोबार भइरहेको विशेष सूचनाका आधारमा महानगरीय प्रहरी वृत्त कालिमाटीको टोलीले खोज तलास गर्दा एक लागूऔषध कारोबारी पक्राउ परेका हुन् । बल्खु सडकमा शंकास्पद रुपमा झोला बोकी हिडिरहेको अवस्थामा चेकजाँच गर्दा सो व्यक्तिबाट डाईजेपाम– तीन सय एम्पल, नुर्फिन– तीन सय एम्पल र फेनारगन– तीन सय एम्पल गरि जम्मा ९ सय एम्पल लागू औषध फेला परेको हो ।

पक्राउ पर्नेमा पर्सा वीरगञ्ज महानगरपालिका वडा नं. २८ बगही बस्ने १९ वर्षीय सुवास यादव रहेका छन् । 

यादवमाथि थप अनुसन्धन भइरहेको महानगरीय प्रहरी वृत्त कालिमाटीले जानकारी दिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?