काठमाडौं । पोखरामा चिनियाँ नागरिकले सञ्चालन गर्दै आएको कम्पनीमा प्रहरीले छापा मारेको छ ।
उक्त कम्पनीले साइबर अपराधसँग जोडिएका गतिविधि गरेको आशंकमा प्रहरीले छापा मारेको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार कम्पनीमा कार्यरत ३ जना चिनियाँ नागरिकसहित अन्य ७५ जनासँग सोधपुछ गरिरहेको छ ।
पोखरा–१७, ड्यामसाइटमा एउटा घर भाडामा लिएर उनीहरुले अवैध गतिविधि गर्ने गरेको गुनासो बढेपछि प्रहरीले उनीहरुलाई शंकाको घेरामा राखेको थियो ।
नेपालमा बसेर साइबर अपराधसँग जोडिएका घटनामा धेरै चिनियाँहरु जोडिएपछि यसअघि ठूलो संख्यामा चिनियाँहरुलाई पक्राउ गरिसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया