अग्नि समूह तीसौँ वर्षमा : अग्नि उदय छात्रवृत्ति पुरस्कार-२०७८ प्रदान

लोकपथ
91
Shares

काठमाडौं । अग्नि ग्रुपले आफ्नो सञ्चालनको ३० वर्ष पूरा झएको अवसरमा एक कार्यक्रम आयोजना गरि मनाएको छ । कार्यक्रममा अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठले कम्पनीका सबै सरोकारवालाहरूलाई निरन्तर सहयोग र साझेदारीका लागि धन्यवाद दिए ।

अग्नि ग्रुपले सन् १९९१ मा महिन्द्रा युटिलिटी गाडी तथा ट्राक्टरको अधिकृत वितरकको रूपमा आफ्नो सञ्चालन आरम्भ गरेको थियो । आज अग्नी ग्रुप अटोमोबाइल्स, स्पेयर्स र सेवाहरूको प्रिमियम बिक्रेता हो । देशभरका ७१ भन्दा अधिक डिलर तथा शाखाहरू सहित यसको बृहत नेटवर्क छ ।

कम्पनीले लजिस्टिकदेखि वित्तीय क्षेत्रसम्मका अन्य उद्यमहरूमा विविधीकरण गरेको छ र हाल यस समूहअन्तर्गत १० भन्दा बढी कम्पनीहरू सञ्चालनमा छन् ।

उक्त कार्यत्रममा उदय छात्रवृत्ति पुरस्कार हस्तान्तरण पनि गरिएको थियो । कम्पनीले यस वर्ष एसइई उत्तीर्ण गरेका ३० जना विद्यार्थीलाई उच्च शिक्षाका लागि छात्रवृत्ति प्रदान गरेको छ ।

अग्नि ग्रुपको सञ्चालक समिति, महिन्द्रा ग्रुपका प्रतिनिधिहरुका साथै खेलकुद, संगीत र चलचिक्र क्षेत्रका चर्चित व्यत्तित्वहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?