भयानक मादी दुर्घटनामा बाँच्न सफल कार्कीको बयान

लोकपथ
0
Shares

संखुवासभाको मादीमा बिहीबार भएको बस दुर्घटनामा १५ जनाको मृत्यु भयो भने अन्य ५ जना घाइते भए । दुर्घटनामा बाँच्न् सफल ५० वर्षीय डम्बर बहादुर कार्कीले घटनाबारे सुनाएका छन् ।
मादी–६ का ५० वर्षीय कार्कीले बसको ब्रेक फेल भएको बताए। उनी घाइते भएर बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत छन्। सुरुमा हवाईजहाजको जस्तो आवाज आएको उनले सुनाए। ‘गुडिरहेको गाडीको आवाज परिवर्तन भएपछि मैले बसका चालक विपिन निरौलालाई रोक्न अनुरोध गरें। तर, चालकले बसलाई नियन्त्रणमा लिन सकेनन्’, कार्कीले भने, ‘त्यसपछि सबै यात्रुहरू चिच्याउन थाले। आफू मरिने हो कि भनेर झयालबाट भाग्न खोज्दै गर्दा बस एक्कासि भीरबाट झर्यो।’ दुर्घटना हुने जस्तो लागेपछि सिसा फुटाएर भाग्न खोजेको उनले सुनाए। तर गुडिरहेको बसबाट हाम फाल्न नसकेपछि उनी दोस्रो लाइनको सिट पक्रेर बसे। बीचमै उछिट्टियर आफू बच्न सफल भएको उनले सुनाए। कालोपत्रे सडक गाडी कुदाउन सहजै भए पनि डेढ किलोमिटर माथिदेखि नै अनियन्त्रित भएको उनको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?