जेष्ठ नागरिकहरुलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउन माग गर्दै सर्वोच्चमा रिट

लोकपथ
208
Shares

काठमाडौं । ६५ वर्षदेखि ७५ वर्षसम्मका वृद्धवद्धा जेष्ठ नागरिकरुलाई समयमानै कोरोनाविरुद्धको खोप उपलब्ध गराउन माग गर्दै सर्वोच्चमा रिट निवेदन दर्ता भएको छ ।

आज रिट निवेदक चिरन्जिवी वासगिरि लगायतले ६५ देखी ७५ वर्षसम्मका नागरिकहरुलाई खोप उपलब्ध गराउन सुप्रवन्ध परमादेश जारी गर्न मागसहित रिट निवेदन दर्ता गरेका हुन् ।

त्यस्तै उक्त रिटमा अधिवक्ताहरु कीर्तिनाथ शर्मा पौडेल, अमिता गौतम पौडेल, विकास भट्टराई, ज्ञानेन्द्रराज आनन्द र सुरेन्द्र विक्रम केसी लगायतले बहस गर्दै छन् ।

६५ देखि ७५ वर्षसम्मका वृद्धवद्धाहरुलाई गत फागुन २३ गतेदेखि पहिलो डोज र जेठ १५ गतेसम्म दोस्रो डोज खोप लगाउने समय रहेको थियो । तर सरकारले त्यस समयाधवीमा विभिन्न बाहानामा खोप लगाउन आलटाल गरेको भन्दै आज रिट निवेदन दर्ता गरिएको अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलले लोकपथलाई जानकारी दिए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?