पूर्व मुख्यमन्त्री गुरुङले भने- ‘जनतालाई सवल बनाउने कुरामा हामी सधैँ साथमा हुनेछौँ’

लोकपथ
897
Shares

काठमाडौं । गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले वर्तमान सरकारसँग सहकार्य गरेर अघि बढ्ने प्रतिवद्धता जनाएका छन् ।

आज नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले मागेको विश्वासको मतमा प्रतिकृया दिँदै गण्डकी प्रदेश एमालेको संसदीय दलका नेता समेत रहेका गुरुङले त्यस्तो बताएका हुन् ।

सभालाई सम्बोधन गर्दै उनले भने- ‘अन्य बेलामा राजनीतिक कुरा पनि हुनसक्छ तर जनतालाई सवल बनाउने कुरामा हामी एउटै रोड म्यापमा छौँ भन्ने कुरा भुल्नु हुन्न ।’

वर्तमान सरकारलाई भ्रष्ट्राचार नियन्त्रणमा लाग्न समेत आग्रह गरेका छन् । आफ्नो कार्यकालमा आफूले प्रयास गरेपनि समय नभएकाले वर्तमान सरकारलाई त्यसमा लाग्न आग्रह गरे । ‘हामीले गर्न सकेनौँ, गर्न भ्याएनौँ पनि अब भ्रष्ट्राचार नियन्त्रणमा गर्न तपाई लाग्नुस् ।’ उनले भने ।

त्यस्तै युवाहरुलाई उत्पादनसँग जोडेर अघि बढ्न पनि वर्तमान सरकारलाई आग्रह गरेका छन् ।  पूर्व मुख्यमन्त्री गुरुङले आफ्नो ४० महिनाको कार्यकालको समेत समिक्षा गरेका छन् ।

त्यस्तै गुरुङले संघीयताप्रति आफ्नो आस्था रहेको बताउँदै केन्द्र सरकारलाई सघाउनका लागि प्रदेश सरकारले सहयोग गर्नुपर्नेमा जोड दिएका छन् ।

नेपालमा संघीयताको शुरुवाती चरण भएकाले प्रदेश सरकार सञ्चालनमा सकस भएको समेत बताएका छन् । पूर्व मुख्यमन्त्री गुरुङले केन्द्र र स्थानीय सरकारको तानातानमा रहेकोले प्रदेशलाई डमरु जस्तो भएको बताए ।

‘प्रदेश सरकारहरुलाई डमरु जस्तो बनाइयो । तल पनि फुकेको माथी पनी फुकेको बीचमा सुकेको छ । केन्द्र सरकारले पनि थिचेको छ । तलबाट पनि हेरेको छ ।’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?