१. पछिल्लो २४ घण्टामा थप ८ हजार ५ सय २० जनामा कोरोना संक्रमण पुष्टि, २ सय ३ जनाको मृत्यु
२. प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा तेस्रो कार्यकालका लागि पद तथा गोपनीयताको शपथ ग्रहण, ३० दिनभित्र संसदबाट विश्वासकोमत लिनुपर्ने, साविककै मन्त्रिमण्डलको निरन्तरता
३ सांसदहरूलाई कोरोनाविरुद्धको दोस्रो चरणको खोप लगाउन शुरू, पहिलो डोज खोप लगाएको आठ हप्ता पूरा भएका सबै सदस्यहरुलाई जेठ २ गतेसम्म खोप दिईने
४ अहिलेको अवस्थामा सरकारको दाबीगर्नु उचितन भएको काँग्रेस, माओवादी र जसपा सम्मिलित विपक्षीग ठबन्धनको निष्कर्ष, प्रधानमन्त्री ओलीको आगामी चाल हेरेर थप रणनीति तय गर्ने निचोड
५ नेकपा माओवादी केन्द्रले नेतृत्व गरिरहेको सुदूरपश्चिम प्रदेश सरकार धरापमा, ओली नेपालबीच सहमति भएसँगै नेकपा एमाले नेतृत्वको सरकारबन्ने निश्चित
६ कोरोनाविरुद्धको दोस्रो डोज खोप लगाउन संसद भवन पुगेका प्रचण्ड र नेता नेपालबीच भेटवार्ता, गोप्य कोठामा केहिबेर कुराकानी
७ नेपाली कांग्रेसद्वारा ४५ जिल्लाका क्रियाशिल सदस्यको नामावली सार्वजनिक, जेठ ७ गतेसम्म दाबीविरोध गर्न पाइने
८. अक्सिजनको चरम अभाव भएपछि सरकारले शुरु गर्यो हटलाइन सेवा, दुई वटामोबाईल नम्बरसहित सहज व्यवस्थापनको लागि खटायो सरकारीटोली
९. बागमती प्रदेश राष्ट्रियसभा सदस्यपदको उपनिर्वाचनमा उम्मेदवारी दिएका डा.खिमलालदेवकोटाले उम्मेदवारी फिर्ता नलिने, भन्छन्, ‘निष्ठा र इमान्दारिताको राजनीति प्रति गहिरो लगाब छ ।
१०. नेपाली सेनाद्वारा हालसम्म कोरोना संक्रमणबाट मृत्यु भएका ४ हजार८ सय भन्दा बढीशवको व्यवस्थापन, मृतक संख्या दिनप्रतिदिन बढ्दै जाँदा शव व्यवस्थापनमा सकस
११. पर्साको जगरनाथपुर गाउँपालिका-५ चिलझपटीगाउँ भरिनै कोरोना संक्रमण फैलिएको पुष्टि, १० दिनको अवधिमा ११ जनाको मृत्यु
१२. नेपालमा मानव अधिकार उल्लंघन भइरहेको भन्दै अधिकारवादी संगठनहरूद्वारा सरकारको ध्यानाकर्षण, मानव अधिकारका विषयमा गम्भीर बन्न आग्रह
१३. कोरोनाका कारण स-साना निक्षेप जम्मा गर्न भरसक बैंक नजान डेभलपमेन्ट बैंकर्स एसोसिएशनको सुझाव, डिजिटल कारोबार गर्न सबैसँग आग्रह
१४. प्यालेस्टाइनसँगको सीमामा इजरायलले थप्यो फौज, जे पनि हुन सक्ने भन्दै प्रहरीलाई तयार रहन प्रधानमन्त्री नेतान्याहुको निर्देशन
१५. तीन खेल अगाबै म्यानचेस्टर सिटी प्रिमियर लिग च्यापियन, सान्त्वना खेलमा आज न्यूक्यासलसँग भिड्दै
https://www.facebook.com/lokpath/videos/315653970046109
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया