थप २ सय ३ जनाको मृत्यु, कूल मृतक संख्या ४ हजार ६ सय नाघ्यो

लोकपथ
988
Shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा हालसम्म कोभिड–१९ को संक्रमणबाट ४ हजार ६ सय ६९ जनाको मृत्यु भएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप ८ हजार ५२० जनामा संक्रमण पुष्टि भएको छ । २१ हजार ४७८ जनाको परीक्षण गर्दा पीसीआर परीक्षणबाट ८४६७ तथा एन्टीजेन विधिपरीक्षण ५३ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कूल संक्रमितको संख्या ४ लाख ३९ हजार ६५८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको पछिल्लो विवरण्का अनुसार नेपालमा हाल सक्रिय संक्रमितको संख्या १ लाख ७ हजार ३३६ रहेको छ ।

पछिल्लो २४ घण्टामा थप ६ हजार १३५ जना कोरोना संक्मण मुक्त भएका छन् । योसँगै नेपालमा नेपालमा कोरोना संक्रमण् मुक्त ह्नेको संख्या ३ लाख २७ हजार ६५३ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?