काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १४ औँ महाधिवेशनका सन्दर्भमा पार्टीको विधान, नियमावली र केन्द्रको परिपत्र अनुसारको विवाद रहित जिल्लाबाट प्राप्त क्रियाशील सदस्यहरुको नामावली सार्वजनिक गरेको छ ।
कांग्रेसले विभिन्न जिल्ला र प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिले केन्द्रबाट उपलब्ध गराइएको सफ्टवेयरमा नामावली विवरण इन्ट्री गरी क्रियाशील सदस्यताको लागि प्रस्ताव गरिएका देहायका ४५ जिल्लाका ८० (असी) स्थान मध्ये केहीको नवीकरण र नयाँ दुवै तथा केही स्थानको नवीकरण तर्फको प्रस्तावित नामावली सम्बन्धित सरोकारवालाको जानकारीका लागि सार्वजनिक गरेको जनाएको छ ।
कांग्रेसको वैशाख ६ गते बसेको कार्यसमिति बैठकको निर्णय अनुसार पार्टीको आधिकारिक वेवसाइट www.nepalicongress.org मा क्रियाशील सदस्यहरुको नामावली सार्वजनिक गरिएको कार्यालयका सचिव केशव रिजालले जानकारी दिए ।
त्यस्तै सार्वजनिक गरिएका नामावली उपर कुनै उजुरी वा गुनासा भएमा यस समितिको नाममा पार्टीको इमेल ठेगाना [email protected] मार्फत सम्बन्धित पार्टी निकाय वा व्यक्तिले २०७८ जेठ ७ गतेभित्र लिखित उजुरी गुनासो पठाउन सकिने उनले बताए ।
साथै, टेलिफोन नं ९९८५१०४४०६५ (डा. प्रदिप पराजुली), ९८५११२९०७८ (केशव रिजाल) र ९८५११२४१९८ (रामचन्द्र घिमिरे) मा पनि जानकारी गराउन सकिनेछ ।
सार्वजनिक गरिएका प्रस्तावित नामावली उपर परेका उजुरी र गुनासाका सम्बन्धमा, क्रियाशील सदस्यता छानविन समितिले गरेको निर्णय अनुसार प्रस्तावित नामावलीको अन्तिम सूची कायम हुने व्यहोरा समेत सम्बन्धित सबैको जानकारीका लागि सूचित गरिएको छ । साथै, कम्प्युटर इन्ट्री भएका बाँकी जिल्ला र क्षेत्रको प्रस्तावित नामावली पनि क्रमशः सार्वजनिक गरिने रिजाले जानकारी दिए।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया