काठमाडौं। इंग्लिश प्रिमियर लिग अन्तर्गत आज राति न्यूक्यासल युनाइटेड र म्यानचेष्टर सिटी आमने सामने हुँदै छन्।
यसै साता प्रिमियर लिग विजेता घोषित भएको सिटी न्युक्यासलको घरेलु मैदान ‘सेन्ट जेम्स पार्क’को भ्रमणमा रहनेछ। नेपाली समय अनुसार राति १२:४५ बजे शुरु हुने सो खेलमा न्यूक्यासलले सिटीलाई ‘गार्ड अफ अनर’ दिने अपेक्षा गरिएको छ।

दोस्रो स्थानमा रहेको म्यानचेष्टर युनाइटेड घरेलु मैदानमै लेस्टर सिटीसँग पराजित हुँदा सिटीले स्वतह उपाधि जितेको हो। सिटीले ३ खेल अगावै उपाधि जितेको हो।
यी दुई टोली बिचको पछिल्ला ३ खेलको नतिजा हेर्ने हो भने सिटीले ३ वटै खेल आफ्नो पक्षमा पार्न सफल भएको छ र त्यस दौरान न्यूक्यासलले सिटीको पोस्टमा १ गोल पनि गर्न सकेको छैन।
प्रिमियर लिग उपाधि जितेपछि सिटीको यो पहिलो खेल हो। ३५ खेलमा ८० अंक बटुल्दा सिटी विजेता घोषित भएको हो। उता न्यूक्यासल भने ३५ खेलमा ३९ अंकसहित १६औं स्थानमा रहेको छ।

प्रिमियर लिग विजेता सिटीलाई आजको खेलमा त्यस्तो सकस हुने देखिँदैन। न्यूक्यासल भने ‘च्याम्पियन’ सिटीलाई हराउँदै आफ्नो आत्मसम्मान बढाउनको लागि यो खेल खेल्नेछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया