२०७८,असार,४,शुक्रवार

सभापति देउवाद्वारा गैरेको निधनप्रति दुःख व्यक्त


काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी संघका पूर्वाध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघ कार्यकारिणी समितिका सदस्य विष्णुप्रसाद गैरेका निधनप्रति दुःख व्यक्त गरेका छन् ।

पार्टीका महाधिवेशन प्रतिनिधि उनको काठमाडौं मेडिकल कलेज, सिनामंगलमा उपचारका क्रममा आज ५६ वर्षका उमेरमा निधन भएको हो ।

पूर्वप्रधानमन्त्री देउवाले शोक वक्तव्यमार्फत उनले नेपालको लोकतान्त्रिक आन्दोलन र वैदेशिक रोजगारका क्षेत्रमा पुर्‍याएको योगदानको स्मरण गर्दै उनप्रति श्रद्धाञ्जलि र शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् ।

कपिलवस्तु जिल्ला, शिवराज नगरपालिका– ११ निवासी गैरेले पार्टी संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेको उल्लेख गर्दै कांग्रेसले उनको निधनबाट पार्टीले होनाहार व्यक्तित्वलाई गुमाएको जनाएको छ ।

प्रकाशित मिति: २०७८,बैशाख,३०,बिहीवार २३:०२


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । पोखरा पर्यटन परिषद् आवद्ध सङ्घ संस्थाले कोरोना महामारीले सबैभन्दा ठूलो असर पर्यटन क्षेत्रमा देखिएको जनाउँदै यस क्षेत्रका अग्रपङ्क्तिमा

लमजुङ । लमजुङमा उत्पादन भएको बिजुलीले देश नै झिलिमिली भएपनि जिल्लाकै बासिन्दा भने मारमा रहेका छन् । जिल्लामा आधा दर्जनभन्दा

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत प्राप्त गरेका छन् । गत जेठ २९ गते संविधानको धारा

मनाङ । अविरल वर्षापछि आएको बाढी पहिरो पीडितको उद्दार गरिएको छ । मौसममा केही सुधार आएपछि शुक्रवार (आज) मनाङका विभिन्न