आजका शीर्ष १५ ‘हेडलाईन्स्’ (भिडियोसहित)

लोकपथ
221
Shares

१. कोरोनाबाट मंगलवार एकै दिन २ सय २५ जनाको मृत्यु, ९ हजार ४ सय ८३ जना नयाँ संक्रमित थपिए ।

२. पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार बनाउन पहल गर्ने कांग्रेसको निर्णय,देउवाको पक्षमा बहुमत पुग्ने कांग्रेसको दावी ।

३. अक्सिजन उद्योगहरुमा नियमित विद्युत् आपुर्ति गर्न नेपाल विद्युत् प्राधिकरणलाई सरकारको निर्देशन,काठमाडौका सरकारी अस्पतालमा कोरोनाका विरामी मात्र उपचार गरिने ।

४. काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा दुई साता लम्व्याइयो, उपत्यकाका तीनवटै जिल्ला काठमाडौं,ललितपुर र भक्तपुरमा जेठ १३ गतेसम्म निषेधाज्ञा थपियो ।

५. काठमाडौंको टेकू स्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले कोरोनाको पीसीआर परीक्षण रोक्यो, परीक्षणका लागि आवश्यक कीटको अभाव ।

६. औषधी र अक्सिजनको सहज आपूर्ति बनाउन सर्वाेच्चको सरकारलाई अन्तरिम आदेश जारी,आवश्यकता अनुसार अस्पतालमा जनशक्तिको व्यवस्था गर्न पनि आदेश ।

७. अक्सिजन आपूर्तिको तत्काल बैकल्पिक व्यवस्था गर्न व्यवसायीको सरकारसंग आग्रह, बैकल्पिक व्यवस्था नभए भारतमा भन्दा ठूलो संकट देखापर्ने चेतावनी ।

८. गण्डकी प्रदेशमा बिपक्षी दललाई सरकार बनाउन सकस, राष्ट्रि जनमोर्चाका सांसद कृष्ण थापाले नयाँ सरकार बनाउन हस्ताक्षर गर्न मानेनन् ।

९. नेपाली सेनाद्वारा काठमाडौंमा कोरोना आइसोलेशन थेरापी सेन्टर’ संचालन गर्ने तयारी, ठूला भवनहरुलाई आइसोलेशन केन्द्र बनाइने उपप्रधानमन्त्री पोखरेलको भनाई ।

१०. एक वर्षमा ५६ वालवालिका बेपत्ता भएका प्रहरी तथ्याङक, विभिन्न प्रलोभनले वालबालिका अपहरणमा पर्ने गरेका प्रहरीको भनाई ।

११. मंगलवार अधिकांश कम्पनीहरुको शेयर मूल्य बढ्दा शेयर बजारमा हरियाली,शेयरबजार परिसूचक नेप्से २७ दशमलव ४७ अंकले बढ्यो ।

१२. बहराइनका राजकुमार खलिफाद्वारा सगरमाथाको सफल आरोहण,खलिफा नेतृत्वको टोली सगरमाथा आरोहण गर्ने यो सिजनको पहिलो अन्तराष्ट्रिय टिम ।

१३. अमेरिकामा १२ देखि १५ वर्षसम्मका बालबालिकालाई पनि कोरोनाविरुद्धको खोप लगाइने, यही मे १३ तारिखदेखि खोप लगाउने तयारी ।

१४. कंगोमा तैनाथ एक शान्ति सैनिकमाथि भएको आक्रमणको संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदद्वारा निन्दा,शान्ति सैनिको सुरक्षामा ध्यान दिन कंगोसँग आग्रह ।

१५. इग्लिंश प्रिमियर लिग फुटबलमा आज राति म्यान्चेस्टर युनाइटेड र लेस्टर सिटी भिड्दै, युनाइटेड आफ्नो प्रतिद्धन्दि म्यानचेस्टर सिटीको उपाधि होड लम्बाउने दाउमा ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?