अक्सिजनको सहज आपूर्ति र साधनयुक्त अस्पताल सञ्चालन गर्न सर्वोच्चको आदेश

लोकपथ
63
Shares

काठमाडौं । सर्वोच्च अदालतले अक्सिजन आपूर्ति सहज बनाउन र साधनयुक्त अस्पताल सञ्चालनमा ल्याउन अन्तरिम आदेश दिएको छ ।

मंगलवार अधिवक्ता शैलेन्द्रकुमार अम्बेडकरको रिटमाथि सुनुवाई गर्दै न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले सरकारका नाममा त्यस्तो आदेश दिएको हो ।

सर्वोच्चले कोरोना संक्रमितको उपचारको लागि आवश्यक औषधि र अक्सिजनको आपूर्ति सहज बनाउन आदेश जारी गरेको हो । त्यस्तै राम्रोसँग अस्पताल सञ्चालन ल्याउन र बिरामीको चाप अनुसार अस्पतालमा जनशक्ति आपूर्ति गर्न व्यवस्था गर्न समेत आदेश दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?