टेकु अस्पतालमा रोकियो पीसीआर परीक्षण, गेट बाहिर बसेर उपचार गराउन बाध्य संक्रमित

लोकपथ
234
Shares

काठमाडौं । काठमाडौंको टेकू स्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले पीसीआर परीक्षण रोकेको छ ।

अस्पतालले मुख्य प्रवेशद्धारमा नै पीसीआर परिक्षण स्थगित गरिएको सूचना टाँसेपछि परीक्षण गर्न अस्पताल पुगेकाहरु त्यसै फर्किएका छन् ।

No description available.

मुख्य गेटमा टाँसिएको सूचनामा भनिएको छ “विशेष काराण बस अर्को सुचना नभएसम्मको लागि यस अस्पतालबाट गरिदै आएको पीसीआर परीक्षण कार्य बन्द गरिएको व्यहोरा जानकारीको लागि अनुरोध छ । यसबाट आम सर्वसाधरणमा परेको असुविधाको लागि क्षमाप्रार्थी छौ । ”

अस्पताल प्रशासन स्रोतका अनुसार प्रयोगशालाका लागि आवश्यक सामाग्रीको अभावमा अस्पतालले परीक्षण रोकेको हो ।

No description available.

यसैबीच, संघीय राजधानी काठमाडौंकै अस्पतालमा पनि विरामीहरुले बेड नपाएर अस्पताल बाहिर बस्नु परेको छ ।

कोभिड संक्रमण भई अक्सिजन दिनुपर्ने विरामीहरु शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको गेट बाहिर बसेर उपचार गराउन बाध्य भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?