अमेरिकामा १२ देखि १५ वर्षसम्मका बालबालिकालाई पनि कोरोनाविरुद्धको खोप लगाइने

लोकपथ
182
Shares

काठमाडौं । अमेरिकामा १२ देखि १५ वर्षसम्मका बालबालिकालाई पनि कोरोनाविरुद्धको खोप लगाइने भएको छ ।

अन्तराष्ट्रिय संचारमाध्यमका अनुसार यही मे १३ तारिखदेखि सो उमेर समूहका बालबालिकालाई कोरोना भाइरस विरुद्धको खोप लगाउने तयारी गरिएको छ । यसअघि अमेरिकामा १६ वर्ष र त्यसभन्दा माथि उमेर समूहलाई खोप लगाउन अनुमति दिइएको थियो ।

अमेरिकामा अहिलेसम्म २६ करोड डोज कोरोना खोप लगाइएको बताइएको छ ।अमेरिकी स्वास्थ्य नियामक निकाय खाद्य तथा औषधि प्रशासन(एफडीए)ले फाइजर–बायोएनटेकको कोरोना खोप १२–१५ उमेर समूहका बालबालिकालाई लगाउन आपत्कालीन प्रयोगका लागि अनुमति दिएको हो ।

यो उमेर समूहकालाई कोरोना खोप लगाउन अनुमति दिइनुलाई महत्वपूर्ण कदमका रुपमा हेरिएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले सबै राज्य प्रशासनलाई युवा तथा किशोरहरुलाई छिटोभन्दा छिटो खोप लगाउन आग्रह गरेका छन् । अमेरिकामा कोरोना भाइरस महामारीका कारण करोडौ स्कुले विद्यार्थी घरमै बस्न बाध्य भएका छन् ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?