मंगलवार अधिकांश कम्पनीहरुको शेयर मूल्य बढ्दा बजारमा हरियाली

लोकपथ
208
Shares

काठमाडौं । मंगलवार अधिकांश कम्पनीहरुको शेयर मूल्य बढ्दा शेयर बजारमा हरियाली देखिएको छ ।

मंगलवार शेयरबजार परिसूचक नेप्से २७ दशमलव ४७ अंकले बढेर २ हजार ६सय ७३ दशमलव ३१ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ३ दशमलव १२ अंकले बढेको छ ।

१ करोड ८ लाख १९ हजार ५सय ३५ कित्ता सेयर ५ अर्ब ८१ करोड ६ लाख ७३ हजार ७१ रुपैयाँमा कारोबार भएको छ । मंगलवारको कारोबारमा १ सय ५८ वटा कम्पनीको शेयर मूल्य बढ्दा ३२ वटा कम्पनीको शेयर मूल्य घटेको छ भने ३० वटा कम्पनीको शेयर मूल्य स्थिर छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?