कांग्रेस बैठकको निर्णय : देउवाको नेतृत्वमा सरकार बनाउन लागिपर्ने

लोकपथ
101.9k
Shares
file photo

काठमाडौं । नेपाली कांग्रेसले पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनाउन आवश्यक समर्थन जुटाउन लागिपर्ने निर्णय गरेको छ ।

कांग्रेस सभापति देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले राष्ट्रपतिले दिएको समयसीमा भित्र देउवाको नेतत्वमा सरकार बनाउन बहुमत पुग्ने विश्वास लिएको छ ।

बैठकपछि सहमहामन्त्री प्रकाश शरण महतले माओवादी केन्द्र कांग्रेसलाई सघाउने बारे स्पष्ट रहेको र अन्तिमसमयसम्मा जसपा पनि एकजुट हुने विश्वास व्यक्त गरे ।

यस्तै एमालेकै माधव कुमार नेपाल समूहले पनि तोकिएको समयभित्र एउटा निकास दिने भएकाले पार्टीको नेतत्वमा सरकार बन्ने पर्याप्त आधार रहेको दावी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?