काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले अहिलेको राजनीतिक संकट समाधानका लागि दुई विकल्प सुझाएका छन् ।
आज(मंगलवार) नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस सरकारमा नजाने र अविश्वासको प्रस्ताव पनि नल्याउने अभिव्यक्ति दिएपछि रिजालले दुई विकल्प सुझाएका हुन् ।
रिजालले आफ्नो ट्वीटर अकाउन्टबाट ‘ट्वीट’ गर्दै दुई विकल्प अघि सारेका छन् ।
उनले अघि सारेका दुई विकल्प यस प्रकार रहेका छन्ः
१. प्रधानमन्त्री केपी ओलीको नेतृत्वको सरकारको दुई वर्ष निरन्तरता
२. प्रधानमन्त्री केपी ओलीको नेतृत्वमा २०७८ मंसिरमा निर्वाचन’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया