कांग्रेसले किन बोलायो प्रदेश सभापति र मुख्यमन्त्रीको बैठक ?

लोकपथ
266
Shares

काठमाडौं । नेपाली कांग्रेसले सातै प्रदेशका सभापति, मुख्यमन्त्री तथा प्रदेश संसदीय दलका नेताहरूसँग छलफल गर्ने भएको छ ।

कांग्रेसले ६ वैशाखमा केन्द्रीय कार्यालय सानेपामा आयोजना हुने छलफलका लागि सातै प्रदेशका सभापति, मुख्यमन्त्री र प्रदेश संसदीय दलका नेताहरूलाई बोलाएको हो ।

पार्टीले उपसभापति विश्वप्रकाश शर्मालाई प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरूबीच समन्वय गर्ने जिम्मेवारीसमेत दिएको छ । बैठकमा कांग्रेस नेतृत्वमा रहेका स्थानीय सरकारहरूको कार्यसम्पादनलाई अझ प्रभावकारी बनाउने विषयमा छलफल हुने जनाइएको छ ।

त्यसैगरी बैठकमा गण्डकी प्रदेशमा हालै गरिएको मन्त्री हेरफेरको विषय पनि उठ्ने बताइएको छ । गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले केन्द्रसँग परामर्श नगरी मन्त्री नियुक्त तथा हेरफेर गरेको विषयलाई लिएर छलफल हुने जनाइएको छ ।

कांग्रेस र एमालेबीच ४/४ मन्त्रालय भागबन्डा रहेको अवस्थामा मुख्यमन्त्री पाण्डेले बुधबार मन्त्री परिवर्तन गरेका थिए, जसपछि यो विषय पार्टीभित्र छलफलको एजेन्डामा परेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?