घाँसको भारी राखेको डुंगा पल्टिँदा बाबुछोरा बेपत्ता

लोकपथ
49
Shares

काठमाडौं । अछामको तुर्माखाँद गाउँपालिका–३ भैरवस्थानस्थित कर्णाली नदीमा डुंगा पल्टिँदा बाबुछोरा बेपत्ता भएका छन् । 

तुर्माखाँद गाउँपालिका–३ बल्देका ३५ वर्षीय पहलसिंह बुढा र उनका १३ वर्षीय छोरा नरि बुढा बेपत्ता भएको प्रहरीले जनाएको छ ।

बिहीबार बेलुका कर्णालीपारि सुर्खेत जिल्लाको पञ्चपुरी नगरपालिका–७ स्थित वनबाट घाँस काटेर ल्याउने क्रममा कर्णाली नदीमा डुंगा पल्टिँदा डुंगा चालक बुबा र सवार छोरा बेपत्ता भएका हुन् ।

बेपत्ताको खोजीकार्यको लागि अस्थायी प्रहरी सुरक्षा बेस माथिल्लो कर्णाली, प्रहरी चौकी भैरवस्थान, ढुंगाचाल्ना, ढकारीबाट टोली खटिएको र सशस्त्र प्रहरीको विपद् उद्धार तालिमप्राप्त टोली घटनास्थलतर्फ जाँदै गरेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) ओमप्रकाश खनालले जानकारी दिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?