माघभित्रै कुनै हालतमा रेल चल्छ : महाप्रबन्धक गुरुप्रसाद भट्टराई (भिडियो अन्तर्वार्ता)

लोकपथ
0
Shares

काठमाडौं – सरकारले गत असोजमा भारतबाट ल्याएको रेल माघभित्रै कुनै हालतमा सञ्चालन गर्नेगरी तयारी तिव्र पारिएको नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले बताएका छन् ।

आवश्यक मर्मत, तालिम र सफ्टवेयरको काम सकिएसँगै अन्तिम ‘फिनिसिङ’ र चेकजाँचको कामहरु भइरहेका कारण माघ महिनामा रेल सञ्चालन गरिने तयारी भएको महाप्रबन्धक भट्टराई बताउँछन् ।

उनले थपे, ‘सिस्टम इन्स्टल’ दक्ष कर्मचारी, प्रशासनिक काम, लगायतका काम अन्तिम चरणमा पुगिसकेको छ ।
भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भएको सो रेलमार्ग सञ्चालनका लागि गत असोज २ गते दुई सेट डेमो ट्रेन आएको थियो ।

सो रेलमा एक हजार २०० देखि एक हजार ३०० सम्म यात्रु बसेर र उभिएर गरी यात्रा गर्न सक्ने रेल विभागले जनाएको छ ।

रेल सञ्चालनपछि त्यस क्षेत्रका जनता र व्यापारीलाई यातायातमा सहज हुने अपेक्षा गरिएको छ ।

यसैबीच बहुप्रतिक्षित रेल सञ्चालनका विषयमा नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरुप्रसाद भट्टराईसँग लोकपथले गरेको कुराकानी यहाँ प्रस्तुत गरीएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?