प्रतिनिधि सभा विघटन असंवैधानिक भन्न मिल्दैन- गौतम (भिडियो)

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का राष्ट्रिय सभा सदस्य वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको एकता जोगाउन राजीनामा दिएको भए राम्रो हुने बताएका छन् ।

राष्ट्रिय सभाको बिहीवारको बैठकको विशेष समयमा बोल्दै गौतमले पार्टीका नेताहरुले आफूविरुद्ध अविश्वासको प्रस्ताव लग्दैछन भन्ने थाहा पाएपछि संसद विघटन गर्नु भन्दा प्रधानमन्त्री ओलीले राजीनामा दिएको भए राम्रो हुने बताउनुभयो । मेहनेत गरेर निर्माण गरेर बनाएको पार्टी जोगाउनका लागि अविश्वासको प्रस्ताव आएको थाहा पाउने वित्तीकै प्रस्ताव दर्ता हुनु भन्दा पहिला नै राजीनामा दिएको भए पार्टी पनि जोगिने र इतिहासमा उदाहरण समेत प्रस्तुत हुने बताए ।

नेता गौतमले आफूले प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव लैजान लागेको सम्बन्धमा थाहा नपाएको गुनासो समेत व्यक्त गरे । उनले अविश्वासको प्रस्ताव लैजाने बेला आफूलाई नसोधिएको गुनासो गरे ।  प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरेपछि आफूले असंवैधानिक कदम भनेको पनि बताए । तर अहिले सार्वोच्च अदालतमा परेका रिटहरु संवैधानिक इजलासमा लगिएपछि असंवैधानिक भन्न नमिल्ने बताए । यो बिषयमा बोल्न पाउने मौलिक अधिकार भएपनि अदालतामा विचाराधिन विषयमा असंवैधानिक भन्यो भने अदालतको राजनीतिक रुपमा अपमान हुने बताए ।

आफूले राजनीतिक रुपमा एकता भंग भइसकेको पार्टीलाई फेरिपनि एकता गराउन सकिन्छ की भन्ने तर्फ लागिरहेको पनि बताए । तर, दुई समूहका मूख्य नेताहरु नै आरोप प्रत्यारोप तर्फ लागेकोले समस्या झनै बढेको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?