प्रचण्ड-नेपाल समूहमाथि सुर्य थापाको कटाक्ष : ‘पार्टी कब्जा गर्ने कोसिस उदांगियो’ !

काठमाडौं । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले पार्टी विभाजन गरेर सत्तारुढ नेकपाबाट केही नेताहरुले पार्टी छोडेर गएको आरोप लगाएका छन् ।

संसद विघटनपछि नेकपा दुई समूहमा विभाजन भएको छ । एक समूहको नेतृत्व प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओलीले गरिरहेका छन् । भने अर्को समूहको नेतृत्व पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले गरिरहेका छन् ।

यसैक्रममा प्रचण्ड-नेपाल समूहलाई इंगित गर्दै थापाले पार्टी कब्जा गर्ने छलछामपूर्ण कोसिस उदांगो भएको आरोप लगाएका हुन् ।

सामाजिक सञ्जालमा लेख्दै उनले भने, “केही नेताहरू पार्टी विभाजन गरी अलग भएका छन, यो तिनले रोजेको बाटो हो । पार्टी कब्जा गर्ने तिनको छलछामपूर्ण कोसिश अन्ततस् उदांगो नै भएको छ ।”

त्यस्तै पार्टी विभाजन भएका बेला मनका गुनासो पोखेर समय खेर फाल्ने समय नभएको र हरेक कार्यकर्ता र समर्थकहरू पार्टीको सही नेतृत्व र विचारको मातहत गोलबन्द हुनु अहम दायित्व बनेको बताए ।

पूर्व धारको संकीर्णता, पूर्व गुटहरूको असमझदारी र स्थानीय अन्तर्विरोधमा अल्मलिन नहुने समेत उनको धारणा रहेको छ ।

“यतिबेला पूर्व धारको संकीर्णता, पूर्व गुटहरूको असमझदारी र स्थानीय अन्तर्विरोधमा अल्मलिने वा किन्तु, परन्तु, यद्यपि, तथापि, वा, तर र तापनि भनेर व्यक्तिगत रूपमा भ्रमित हुने अथवा अलमलिने गल्ती कसैले पनि नगरौं ।” उनले भनेका छन् ।

त्यस्तै प्रचण्ड-नेपाल समूहलाई अवसरबादको संज्ञा दिँदै भुलसुधार गरी पार्टीमा फर्किनसक्ने समेत बताएका छन् ।

“अब तिनीहरू अवसरवादी सोंचाईहरू त्यागेर भूलसुधार गरी पार्टीमा फर्किनसक्ने छन् ।” उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?