आज काठमाडौंको तापक्रम वर्षकै कम, दिउँसो बादल लाग्ने

काठमाडौं । आज शनिवार काठमाडौं उपत्यकाको तापक्रम यो वर्षकै कम मापन गरिएको छ । आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १ दशमलव ३ डिग्री मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उपत्यका लगायत देशभरकै तापक्रम अझै घट्न सक्ने महाशाखाको अनुमान छ ।

आज अधिकतम तापक्रम १८ देखि २० डिग्रीसम्म पुग्ने अनुमान गरिएको छ । अहिले तराई भू-भागका थोरै स्थानहरुमा बाक्लो हुस्सु रकुहिरो लागेको छ र बांकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ ।

आज काठमाण्डौ उपत्यकासहित प्रदेश नम्बर १ र सुदूरपश्चिम प्रदेशमा दिउँसो बादल लाग्ने संभावना छ । आज राति भने गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको मौसम बदली हुने महाशाखाको अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?