काठमाडौं – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल रिहा भएका छन् ।
तनहुँ प्रहरीका अनुसार पौडेलसहित पक्राउ परेका कांग्रेस कार्यकर्ता सबै रिहा भएका हुन् ।
आज (बुधबार) दिउँसो तनहुँ जिल्ला व्यास नगरपालिकाको वडा नम्बर १ र ११ जोड्ने बुल्दी खोलाको पुल उद्घाटन गर्न पुगेका नेता पौडेललाई प्रहरीले दिउँसो पक्राउ गरेको थियो । प्रहरीसँगको धकेलाधकेलका कारण उनको छातिमा समेत समस्या देखिएको थियो ।
पौडेलको रिहाईको माग गर्दै विभिन्न स्थानमा प्रदर्शन भएका थिए ।
उनको रिहाईको माग गर्दै सभापति देउवाले विज्ञप्ती निकालेर सरकारलाई चेतावनी दिएका थिए ।
यसअघि प्रकाशित यो समाचार पढ्नुहोस् :
कांग्रेस नेता पौडेल पक्राउको विरोध गर्दै सभापति देउवाले दिए सरकारलाई चेतावनी !
पौडेल पक्राउ प्रकरण : तनहुँका सिडियोको बयान यस्तो
कांग्रेस नेता पौडेल पक्राउपछि बाबुराम भट्टराईले गरे कटाक्ष, भन्छन् – ‘दालमा कालो देखियो’
शान्ती समाजद्वारा वरिष्ठ नेता पौडेलको बिनासर्त रिहाइ माग (विज्ञप्तिसहित)
प्रहरीसँग धकेलाधकेल हुँदा नेता पौडेलको छातीमा समस्या, रिहाइको माग गर्दै प्रदर्शन
पौडेल पक्राउ पक्ररणमा बोले गगन, प्रधानमन्त्री ओलीलाई यस्तो चेतावनी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया