पौडेल पक्राउ प्रकरणमा बोले गगन, प्रधानमन्त्री ओलीलाई यस्तो चेतावनी

काठमाडौं । पूर्वमन्त्री एवम् नेपाली कांग्रेसका नेता गगन थापाले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई पक्राउ गरिएको प्रति आपत्ती जनाएका छन् ।

गृह जिल्लामा बुधवार पुल उद्घाटनमा पुगेका नेता पौडेलको गिरफ्तारी र प्रहरी हस्तक्षेप स्थानीय प्रशासनको एकल निर्णय र परिस्थितिजन्य प्रतिक्रिया नहुने समेत नेता थापाको दाबी रहेको छ ।

नेका वरिष्ठ नेता Ram Chandra Paudel को गिरफ्तारी र प्रहरी हस्तक्षेप स्थानीय प्रशासनको एकल निर्णय र परिस्थितिजन्य प्रतिक्रिया हुनै सक्दैन,होइन।” उनले भने ।

साथै पौडेल पक्राउ प्रकरण नियोजित, राजनीतिक प्रतिशोत र शक्तिको उन्दमाद रहेको समेत नेता थापाले आरोप लगाएका छन् । साथै प्रतिपक्षी पार्टीका वरिष्ठ नेतालाई पक्राउ गर्नु सरकारको चरित्र उदागिंएको बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई मेन्सन गर्दै सरकारलाई उक्त प्रकरण निकै महँगो पर्ने समेत चेतावनी दिएका छन् ।

यो नियोजित हो,राजनीतिक प्रतिशोध हो, शक्ति उन्माद हो।यसले यो सरकारको चरित्रलाई उदाङ्गो बनाएको छ। K P Sharma Oli यो तपाईँका लागि निकै महँगो पर्नेछ।” उनले भने ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?