काठमाडौं – प्रहरीसँग धकेलाधकेल हुँदा वरिष्ठ नेता पौडेलको छातीमा समस्या भएको छ । तनहुँको व्यास नगरपालिका – १ मा रहेको बुल्दी पुल उद्घाटन विवादमा प्रहरीसँग भएको धरपकडका क्रममा पक्राउ परेका पौडेलको छातीमा असहज महशुस भएको उनी निकट स्रोतले जनाएको छ ।
झडपमा परी संविधानसभा सदस्य रामचन्द्र पोखरेलसहित अन्य तीन कांग्रेस नेता घाइते भएका छन् । पोखरेल सामान्य घाईते भएका छन् । झडपमा कांग्रेस सचिव लक्ष्मी आचार्यको टाउकोमा चोट लागेको छ । महासमिति सदस्य रामचन्द्र अधिकारीको ढाड र खुट्टामा चोट लागेको छ । घाइते तीनै जनाको रत्नहरि अस्पताल दमौलीमा उपचार भइरहेको छ ।
धरपकडपनि कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलसहित झण्डै आधा दर्जन नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।
नेता पौडेलको रिहाइको माग गर्दै कांग्रेसका नेता कार्यकर्ताले तनहुँको दमौली मुख्य चोकस्थित प्रहरी कार्यालय अगाडि नाराबाजी थालेका छन् । उनीहरुले सडकमा टायर बालेर प्रदर्शन गरिरहेका छन् ।
यसैबीच पौडेलको रिहाईको माग गर्दै काठमाडौंको माइतीघरमा पनि प्रदर्शनको तयारी शुरु भएको छ ।
यसअघि प्रकाशित यो समाचार पढ्नुभयो :
कांग्रेस नेता पौडेल पक्राउको विरोध गर्दै सभापति देउवाले दिए सरकारलाई चेतावनी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया