सकियो नेकपा सचिवालय बैठक, के भयो कुराकानी ?

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक सकिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा शीर्ष तहमा देखिएको विवादका विषय समाधानका लागि छलफल भएको छ । बैठकमा अध्यक्षद्वयको पत्रको विषयमा पनि छलफल भएको थियो । दुवै अध्यक्षको प्रस्तावलाई साझा विषय बनाएर आगामी मङ्सिर १८ गते हुने स्थायी कमिटि बैठकमा लैजाने वा अलग अलग रुपमा लैजाने भन्ने विषय पनि कुराकानी भएको छ ।

बैठकपछि पत्रकारले राखेको राजसंस्थाको पक्षमा भइरहेको प्रदर्शनबारे एक प्रश्नको जवाफ दिँदै पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, “प्रतिगामी शक्तिले प्रतिगमनको अभ्यास नगरे हुन्छ । लोकतन्त्रलाई सुदृढ गर्ने क्रममा केहि कमजोरी र गल्ति भएका छन् भने समिक्षा गरेर सुधारेर अघि बढ्छौ तर जनताद्वारा चुनिएको शक्तिको कुनै विकल्प नखोजे हुन्छ ।

नेकपा विवाद चुलिएका बेला अध्यक्षद्वयले छुट्टै प्रस्ताव यसअघिका सचिवालय बैठकमा प्रस्ताव पेश गरेका थिए ।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबाट राजनीतिक प्रस्तावका बारेमा छलफल गरिएकाले आजको बैठकलाई महत्वपूर्ण मानिएको हेरिएको थियो ।

यो पनि पढ्नुहोस्

महासचिव पौडेललाई केक खुवाउँदै शुरु भयो सचिवालय बैठक, वामदेवले भने- ‘१०० बर्ष बाँच्नुहोस्’

नेकपा सचिवालय बैठकः पत्रकारलाई बालुवाटारको गेटमै रोकियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?