काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णुप्रसाद पौडेललाई जन्मदिनको शुभकामना दिंदै आजको सचिवालय बैठक शुरू भएको छ ।

प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपप्रधानमन्त्री ईश्वर पोखरेलका साथै वरिष्ठ नेताहरूले केक खुवाएर महासचवलाई जन्मदिनको बधाई तथा स्वस्थ जीवनको शुभकामना व्यक्त गरेका हुन् ।
जन्मदिनको शुभकामना आदान प्रदानको अवसरमा पार्टी उपध्यक्ष वामदेव गौतमले १०० बर्ष बाँच्नुहोस् र राम्रो काम गरेर जानुहोला भन्दै शब्दमा शुभकामना दिएका छन् ।
आजबाट महासचिव पौडेल ६२ बर्षमा प्रवेश गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया