काठमाडौं । चिनियाँ रक्षामन्त्री वेई फेङहे एकदिने नेपाल भ्रमणका लागि काठमाडौं आइपुगेका छन् ।
चीनका राष्ट्रपति शी जिनपिङको भ्रमणपछि हुन लागेको यो अर्को उच्चस्तरीयको भ्रमण हो ।
रक्षामन्त्री वेई २० सदस्यीय प्रतिनिधिमण्डलसहित बिहान काठमाडौं आइपुगेका हुन् ।
भ्रमणका क्रममा उनले आज राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र प्रधान सेनापति पूर्णचन्द्र थापालगायतसँग भेटवार्ता गर्ने भएका जनाइएको छ ।
उनको वर्तमान परिस्थितिमा सुरक्षा, रक्षा र सैन्यदेखि द्विपक्षीय सैनिक सहयोग एजेन्डामा उच्च प्राथमिकतामा राखिएको छ ।
त्यस्तै उनको अन्य भेट पनि हुने तर त्यसको समन्वय चिनियाँ दूतावासले गरिरहेको बताइएको छ ।
नेपाल आएर उनी पहिले बालुवाटारस्थित चिनियाँ दूतावासमा गएर दिवा भोजमा सामेल हुने र त्यसपछि औपचारिक वार्ताका लागि जंगी अड्डा जाने कार्यक्रम तय भएको छ ।
यसअघि भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगाला गत बिहीवार नेपाल भ्रमणमा आएका थिए । भने आफ्नो दुईदिने भ्रमण सकेर शुक्रवार स्वदेश फर्किएका थिए ।
उनी आजै बेलुका स्वदेश फर्किने कार्यक्रम रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया