ओली भेट्न पुगिन् चिनियाँ राजदूत

काठमाडौं । चिनियाँ राजदूत हाउ यान्छी प्रधानमन्त्री भेट्न पुगेकी छिन् ।

राजदूत यान्छी मंगलबार राति प्रधानमन्त्री भेट्न बालुवाटार पुगेको उच्च स्रोतले जनाएको छ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली र राजदूत यान्छीबीचको भेटवार्ताको एजेण्डा केही खुलाइएको छैन ।

नेकपा कार्यकारी अध्यक्ष प्रचण्डको प्रस्तावपछि थप गम्भीर मोडमा नेकपा पुगेको भनिएको बेला राजदूत यान्त्री प्रधानमन्त्री भेट्न बालुवाटार पुग्नुलाई सर्वत्र चासोका साथ हेरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?