काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली सचिवालय बैठक बोलाउने पक्षमा देखिएका छन् ।
पार्टीभित्र विवाद बढिरहँदा पनि एक महिनाभन्दा बढि समयदेखि सचिवालय बैठक बस्न सकेको छैन् ।
नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित बहुमत सचिवालय सदस्यहरु झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठले बैठक बोलाउन आग्रहसहित लिखित पत्र बुझाएका छन् ।
त्यसै अनुसार ओलीले पार्टी महासचिव विष्णु पौडेललाई सचिवालय बैठक बोलाउने जिम्मेवारी दिएको स्रोतले जनाएको छ ।
जिम्मेवारी पाएसँगै महासचिव पौडेलले नै सचिवालय बैठकको मिति तोक्नेछन् ।
पार्टीभित्र विवाद बढिरहँदा प्रचण्डसमूह समस्या समाधान सचिवालय मार्फत खोज्नुपर्नेमा जोड दिइरहेका छन् । भने ओलीले एजेण्डा बिना सचिवालय बैठक नबोलाउने पक्षमा आफ्नो अडान दोहोर्याइरहेका थिए ।
ओलीले आफ्नो अडानबाट टसमस नभएपछि प्रचण्ड समूहले बहुमत सचिवालय सदस्यहरुले बैठक बोलाएका छन् । आज बैठक बस्नुअघि प्रचण्ड ओलीलाई भेट्न बालुवाटार पुगेका छन् । यस अघि शनिवार पनि प्रचण्डसमूहले पार्टी कार्यालय धुम्बाराहीमा बहुमत सचिवालय सदस्यहरुले भेटघाट र छलफल गरेका थिए ।
सोमवार ओलीसँग भेटघाटपछि महासचिव पौडेल प्रचण्ड निवास खुमालटार पुगेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया