संविधान संशोधनबारे जेनजी प्रतिनिधिसँग छलफल गर्दै सरकार

लोकपथ
0
Shares

काठमाडौं । सरकारले संविधान संशोधनसम्बन्धी विषयमा छलफल गर्न जेनजी आन्दोलनका प्रतिनिधिहरुलाई बोलाएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल–२०८२ ले जेनजी आन्दोलनका २० जना प्रतिनिधिलाई छलफलका लागि बोलाएको हो ।

प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार असीम शाहको संयोजकत्वमा गठित कार्यदलले आगामी शुक्रबार दिउँसो ३ बजेदेखि ५ बजेसम्म प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयस्थित सगरमाथा हलमा छलफल आयोजना गर्ने जनाएको छ ।

सचिवालयका अनुसार छलफलमा संविधान संशोधनसम्बन्धी बहस, सुझाव तथा धारणा संकलन गरिनेछ ।

छलफलमा सहभागी प्रत्येक वक्तालाई तीन मिनेट समय दिइने व्यवस्था गरिएको छ । साथै लिखित सुझावसमेत पेसगर्न सकिने सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?