प्रधानमन्त्रीलाई विश्वासको मत दिनबाट रोक्न सर्वोच्च पुगे उपेन्द्र यादव

लोकपथ
42
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज लिन लागेको विश्वासको मत रोक्न जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव सर्वोच्च अदालत पुगेका छन् ।

प्रतिनिधिसभा सदस्यको पद गुमाइसकेको दाबी गर्दै यादवले उनीहरुको मतबाट प्रधानमन्त्रीले विश्वासको मत प्रक्रियामा भाग लिन नमिल्ने भन्दै यादव सर्वोच्च अदालत पुगेका हुन् ।

यादवले जसपा नेपालबाट अलग भएका सात जना पार्टीविहीन भएको र उनीहरू जसपा नेपाल र जसपा दुबैको सांसद नभएको जिकिरसहित उनीहरूले विश्वासको मत प्रक्रियामा भाग लिन नमिल्ने दाबी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?