काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वबीचको भेटघाट सकिएको छ ।
आजको भेटघाटमा प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवालय बोलाउने प्रस्ताव गरेका छन् ।
पार्टी भित्रको आन्तरिक विवाद चुलिएसँगै ११ दिनपछि अध्यक्ष प्रचण्ड ओलीलाई भेट्न शनिवार दिउँसो बालुवाटार पुगेका थिए ।
मन्त्रिमण्डल पुनर्गठन, राजदूतहरुको नियुक्ती, कर्णाली विवाद र रअका प्रमुखसँगको भेटघाटले अध्यक्षद्वयबीच चुलिएको थियो । विवाद चुलिएसँगै गत कार्तिक ४ गते यता ओली प्रचण्डबीच भेटघाट हुन सकेको थिएन् । ओली प्रचण्डबीचको सम्बन्ध सुधारको प्रयासस्वरुप ओली निकटका नेताहरु निरन्तर प्रचण्ड निवासमा पुग्ने गरेका थिए । बालुवाटार बैठकका लागि नेताहरुले प्रचण्डलाई आग्रह गरेपनि कोभिड १९ को कन्ट्रयाक ट्रेसिङमा रहेका कारण आफू जान नसक्ने भन्दै प्रचण्डले आलटाल गर्दै आएका थिए ।
स्रोतले दिएको जानकारी अनुसार प्रचण्डले सचिवालय बैठकको प्रस्ताव राख्दै यी सबै विषयहरुलाई सचिवालयमा छलफल गर्नुपर्नेमा जोड दिएका छन् ।
सचिवालयको बैठक बोलाउने मिति नतोकिएपनि प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओली सकारात्मक रहेको स्रोतको दावी रहेको छ । शनिवार अध्यक्ष ओलीलाई भेट्न जानुअघि प्रचण्डले पार्टी वरिष्ठ नेता माधव कुमार नेपालसँग भेटघाट गरेका थिए ।
यो पनि
बालुवाटारमा ओली प्रचण्डबीच छलफल जारी, के हुँदैछ कुराकानी ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया