भारतीय रअका प्रमुख केही घण्टाको लागि नेपालमा

काठमाडौं । भारतीय गुप्तचर संस्था (रअ) का प्रमुख सामन्त कुमार गोयल नेपाल आएका छन् ।

बुधवार दिउँसो काठमाडौं आइपुगेका उनी केही घण्टाको लागि मात्र नेपाल घुम्न आएको स्रोतले जनाएको छ ।

स्रोतका अनुसार गोयल किन र के कामका लागि नेपाल आएका हुन् भन्ने यकिन भइसकेको छैन् ।

आगामी नोभेम्बर पहिलो साता भारतीय सेनाका प्रमुख एमएम नरबाणेले नेपालको भ्रमण गर्न लागेका छन् । त्यसैको पूर्वसन्ध्यामा गोयल नेपाल आउनुलाई अर्थपूर्ण हेरिएको छ ।

गोयलको भ्रमणका सन्दर्भमा नेपालको परराष्ट्र मन्त्रालय र भारतीय राजदूतावासले भने कुनै जानकारी गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?