र्यापर जेनिथ आचार्यको ‘याद’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं । उदयमान र्यापर जेनिथ आचार्यको कोसेली ‘याद’को भिडियो सार्वजनिक भएको छ ।
विभिन्न र्याप ब्याटलहरुमा सक्रिय रही दर्शकको मन जितिरहेका जेनिथको आफ्नै युटुब च्यानल मार्फत उनले भिडियो सार्वजनिक गरेका हुन् । र्यापलाई कुमार लामाले बिट बनाएका हुन्।
सार्वजनिक भिडियोमा जेनिथसँगै सुनिता अधिकारीको अभिनय देख्न सकिन्छ ।
बिनोद बिस्टको छयांकन तथा राज कुमारको सम्पादन रहेको भिडियोलाई भोला तिमल्सिनाले निर्देशन गरेका हुन् ।
भिडियो हेर्नुहोस्