सरकार सुकुमबासीमाथि बर्बरतामा उत्रियो, संसदमा प्रतिवाद गर्छौँ : गगन थापा

लोकपथ
0
Shares

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारले सुकुमबासी बस्तीमाथि बर्बरतापूर्वक हमला गरेको भन्दै सरकारको आलोचना गरेका छन् ।

शुक्रबार सानेपास्थित पार्टी मुख्यालयमा आयोजित ‘नेपालमा भूमिहिन सुकुमबासी र अव्यवस्थित बसोबासीको अवस्थाः डोजर आतंक र सुकुमबासी पीडा’ विषयक कार्यक्रममा बोल्दै उनले सो निर्देशन दिएका हुन् ।

सभापति थापाले पार्टीका संघीय तथा प्रदेश तथा स्थानीय सरकारमा रहेकाहरुलाई सरकारको सो बर्बरताको विरुद्ध प्रतिवाद गर्न सचेत गराए । उनले सरकारले सुकु्म्बासी बस्तीमा बर्बरता देखाएर पनि कम्फरटेबल फिल गरिरहेको भन्दै यस्तो शासक आफूले यसअघि नदेखेको दाबी समेत गरे ।

सभापति थापाले सरकारले बल प्रयोग गर्दा नागरिकलाई पीडालाई समेत बेवास्ता गरेको भन्दै आक्रोश समेत व्यक्त गरे ।

उनले भने, ‘अहिले सत्तामा बसिरहनुभएका साथीहरुको जुन क्रुरता छ, जुन बर्बरता छ । यो क्रुरता र बर्बरता पछाडि पनि कम्फटेवल फिल गर्ने कुरा मैले चाँही विगतमा देखेको छैन । यो खालको क्रुरता, बर्बरता मैले अहिलेसम्म देखेको छैन । स्टेट चलाउँदाखेरी मैले जति क्रुर भएपनि हुन्छ, बर्बर भएपनि हुन्छ भन्ने कुरा चाँही राज्य चलाउँदै गर्दा मसँग करुणा हुनुपर्छ । मैले न्याय गर्नुपर्छ, मैले विवेक पुर्‍याउनु पर्दछ । कानून प्रयोग गर्दाखेरी बल पनि प्रयोग गर्नु पर्छ । तर मैले बल प्रयोग गर्दा मेरो यो अन्तिम हतियार हो । मैले बल प्रयोग गर्दा पनि नागरिकको सबै कुरा हेर्नुपर्छ । यस सन्दर्भमा राज्य सञ्चालन गर्नेहरुको सोचले पनि निर्धारण गर्छ । यो यसको पनि उपज हो । यस विषयमा मेरो केही कुरा छ । एउटा कुरा अहिले नेपाली काँग्रेस संघमा प्रतिपक्षमा छौ । प्रतिपक्ष भएको हुनाले यो संघको संसदमा तपाईहरुले यो विषयलाई संसदमा उठाउने यो विषयको बारेमा तथ्य, प्रमाणसहित प्रश्तुत हुने किनकी यसलाई एकदमै गलत ढंगले सुसूचित गरिएको छ । यस्तो बनाइएको छ कि नयाँ पुस्ताका मानिसहरुलाई सबै अपराधी हुन । सबै जना जग्गा कब्जा गरेर बसेका हुन भन्ने खालको भाष्य बनाउन खोजिएको छ । यसलाई चिर्ने काम हाम्रो हो । यसमा तपाईहरुले तथ्य, प्रमाण राखेर पार्लियामेन्टमा बोल्नु पर्छ । म तपाईसँग यो कुराको अपेक्षा गर्दछु ।’

सभापति थापाले सुकुमबासीको पक्षमा काम गर्नुपर्नेतर्फ केन्द्रित हुन कांग्रेसले नेतृत्व गरिरहेका प्रदेश र स्थानीय सरकारलाई पनि सचेत गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?