उपराष्ट्रपतिमा नन्दबहादुर पुन निर्विरोध, घोषणा भोलि

काठमाडौं, ३ चैत । उपराष्ट्रपति नन्दबहादुर पुन दोस्रो कार्यकालका लागि निर्विरोध भएका छन् ।उपराष्ट्रपति पदमा नन्दबहादुर पुनको मात्रै उम्मेदवारी परेको हो । तर, पुन निर्विरोध निर्वाचित भएको घोषणा भोलिमा हुनेछ ।दावी विरोध लगायतका प्रक्रिया पुरा भएपछि मात्र निर्विरोध भएको घोषणा हुने उपराष्ट्रपतिको निर्वाचन कार्यालयले जनाएको छ ।पुनले राष्ट्रिय सार्वभौमिकता, अखण्डताका र संविधानको संरक्षण एवं पालनाका लागि कटिबद्ध हुने बताए ।अघिल्लो कार्यकालमा सबै जनता, संघसंस्था र कुटनीतिक नियोकहरुसंग सुमधुर सम्बन्ध कायम राख्न सफल भएको भन्दै उनले आगामी कार्यकालमा पनि नेपालको विकासको निमित्त असल सम्बन्ध कायम राख्ने पुनले बताए ।पुनको प्रस्तावकमा नेकपा एमालेका नेता सुवास नेम्बाङ, भानुभक्त ढकाल, परशुराम मेघि गुरुङ्ग माओवादी नेतृ पम्फा भुुसाल, रेखा शर्मा छन् । यस्तै समर्थकमा माओवादी केन्द्रका नेताहरु देव गुरुङ्ग, ओनसरी घर्ती, जयपुरी घर्ती, राम नारायण बिडारी र राजेन्द्रप्रसाद गौतम छन् ।त्यस्तै, प्रमुख विपक्षी दल कांग्रेसले उपराष्ट्रपतिमा भने उम्मेदवारी दिएन । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?