नेकपा सचिवालय बैठक सकियो : यी हुन् ४ निर्णय

काठमाडौं – पार्टी एकताको २८ महिनापछि पहिलोपटक कोटेश्वरस्थित पेरिसडाँडामा बसेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठकले ४ वटा निर्णय गरेको छ ।

बैठकले मन्त्रिपरिषद्को पुनर्गठनबारे स्थायी कमिटी बैठकको निर्णयअनुसार नै गर्ने निर्णय गरेको छ । यसका लागि सचिवालयले मन्त्रिपरिषद् पुनर्गठनको मापदण्डबारे विभिन्न कोणबाट सुझाव दिएको छ ।

यस्तै संवैधानिक राजनीतिक नियुक्तिका बारेमा सरकारलाई निर्णयका लागि आधार तयार गर्न आग्रह गरेको छ ।

सचिवालय सदस्य तथा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले दिएको जानकारी अनुसार सचिवालय बैठकले सांगठनिक एकीकरणका बाँकी कार्यभार पूरा गर्नेबारे कार्यसूची बनाएको छ ।

उनले थपे, “बैठकको चौथो निर्णय विविध शिर्षकमा भएको छ । यसअन्र्तगत स्थायी र केन्द्रीय कमिटीमा पदपूर्ति र त्यससँगसँगै केन्द्रीय समिटीका सदस्यलाई सहयोग र कारबाहीका विषयमा पनि छलफल भएको छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?