काठमाडौं । आजबाट नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को जारी स्थायी कमिटीको बैठक समापन भएको छ ।
नेकपाको सुझाव कार्यदलले दिएको सल्लाहअनुसार दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्डले पेस गरेको १५ बुँदे प्रस्ताव पारित गर्दै स्थायी कमिटी बैठक सकिएको हो।
बैठकले पार्टीभित्रको पदीय विवाद समाधानको लागि मिलान बिन्दुमा पुगेको छ । बैठकको निर्णय अनुसार प्रधानमन्त्रीको रुपमा ओलीले सरकार सञ्चालन गर्ने र प्रचण्डले कार्यकारी अधिकारसहित पार्टीको नेतृत्व गर्ने बैठकले कार्य विभाजन भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
त्यसतै सरकारका दैनिक काममा पार्टीले हस्तक्षेप नगर्ने र आधारभुत महत्वका नीति र राष्ट्रिय महत्वका निर्णयहरु लिँदा पार्टीको मार्ग निर्देशनलाई ध्यानमा राखेर सरकारले काम गर्नुपर्ने निष्कर्ष आजको बैठकले निर्धारण गरेको छ । “त्यसो गर्दा राष्ट्रिय महत्वका विषयमा सचिवालयको परामर्श र दुइ अध्यक्षहरुको परामर्श र सुझावहरुको आधारमा निर्णयहरु गरिएको छ ।” उनले भने ।
आजको बैठकमा १३ जना स्थायी कमिटीका सदस्यहरुले आफ्ना बिचारहरु राखेका छन् । रघु पन्त, लिलामणी पोखरेल, भीम आचार्य, माधव नेपाल, अष्ठलक्ष्मी शाक्य, युवराज ज्ञवाली, देव गुरुङ, घनश्याम भुसाल, मात्रिका यादव, भीम रावल, अमृत बोहरा, झलनाथ खनाल र नारायण काजी श्रेष्ठ लगायतले आफ्ना बिचारहरु राखेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया