काठमाडौं । कोरोना भाइरसका कारण नेपालमा थप एक जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको कुल संख्या ५३ पुगेको छ । कोरोना संक्रमणबाट वीरगञ्जमा एक व्यक्तिको मृत्यु भएको हो। गएराती जगदम्बा इन्टर प्राइजेजका प्रमुख कार्यकारी अधिकृत ५६ वर्षीय पुरुषको मृत्यु भएको हो ।
वीरगञ्ज–११ श्रीपुर बस्ने भारत घर भएका उनी मुटुको रोगी थिए । कोरोना संक्रमण भएपछि उनको अवस्था झनै गम्भीर बन्दै गएकोले आईसीयू र भेन्टिलेटरमा समेत राखेर उपचार गरिएको थियो ।
मुटुको बाइपास सर्जरी गरेका उनलाई साउन ६ गते कोरोना संक्रमण पुष्टि भएको र साउन ७ गते दिउँसो वीरगञ्जस्थित अस्थायी कोरोना विशेष अस्पताल गण्डकमा भर्ना गरिएको थियो । बिहीवार मात्रै वीरगञ्जमा दुई जनाको मृत्यु भएको थियो ।
भारतले भित्रायो राफेल, चीनले बनायो डरलाग्दो युद्धपोत !
कोरोना भाइरसविरुद्धको पहिलो ‘भ्याक्सीन’ आउने मिति तोकियो
रुसले अचानक ‘एस-४००’ मिसाइल नदिने भनेपछि चीनले दियो यस्तो प्रतिक्रिया
भारतले भित्राएको राफेल विमानको कति हो मूल्य ?
चीनले यसरी लियो अमेरिकासँगको बदला !
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया