अमेरिकाले चीनलाई दियो यस्तो धम्की, भन्यो ‘दक्षिण चीन सागर चीनको निजी साम्राज्य होइन’

काठमाडौं । दक्षिण चीन सागरलाई लिएर अमेरिका र चीनबीचमा अहिले तनावपूर्ण अवस्था सिर्जना भएको छ । अमेरिकाले चीनलाई लगातार चेतावनी दिईरहेको छ भने चीनको चेतावनीमा अमेरिका मजाक उडाईरहेको छ । यसैबीच अमेरिकी विदेश मन्त्री माइम पोम्पेओले आफ्नो सामाजिक सञ्जाल ट्वीटरमा रिस पोखेका छन् ।

चीनमाथि उनले भने, यदि चीनले अन्तर्राष्ट्रिय कानूनको उल्लंघन गर्यो भने र स्वतन्त्र राष्ट्रले यसलाई रोकेनन् भने चाइनिज कम्युनिष्ट पार्टी यसमा झनै धेरै क्षेत्र हडप्ने प्रयाश गर्नेछ, त्यसैले चीन सागर विवाद अन्तर्राष्ट्रिय कानून अनुसार हनुपर्छ ।

नौसेना दक्षिण चीन सागरमा पहिल्यैदेखि छन् तैनाथ

अमेरिका र चीनका नौसेनाहरु दक्षिण चीन सागरमा पहिला देखि नै तैनाथ छन् । उनीहरु त्यहाँ आ आफ्ना युद्धाभ्यास गरिरहेका छन् । यो भन्दाप हिला पनि दक्षिण चीन सागरमा अमेरिका र चीनबीचमा तनाव थियो । अमेरिकी नौसेनाले आवफ्ना विमानवाहक युद्धपोत दक्षिण चीन सागरमा पहिल्यैबाट तैनाथ गरेको छ । साथै चीनले पनि अमेरिकी बिना कुनै कारण आफ्नो क्षेत्रमा आएर बसेको भन्दै भेतावनी दिईरहेको छ ।

अमेरिका र चीन लगाउँदैछन् एक अर्कालाई आरोप

वास्तवमा दक्षिण चीन सागर चीनले आफ्नो बताईरहेको छ भने त्यो क्षेत्रमा निर्माण कार्य पनि गरिरहेको छ । त्यहाँ अन्य देशहरुलाई चीन आउन दिन चाहाँदैन । चीन ताईवानलाई पनि दक्षिण् चीन सागरमा अएको देख्न चाहान्न । यस्तो अवस्थामा अहिले अमेरिकाले ताईवानसँग मिलेर त्यहाँ युद्धपोत तैनाथ गरेको छ । जसका कारण चीन रुष्ट बनेको छ ।

अमेरिकाले दक्षिण चीन सागरमा आफ्नो युद्धपोत यूएसएस निमिट्ज र यूएसएस रोनाल्ड रीगन तैनाथ गरेको हो ।

चीनले भने दक्षिण चीन सागर आफ्नो भएको र त्यहाँ १ हजार वर्ष पलिादेखि चीनको इतिहास रहेको भन्दै अन्य देशलाई त्यहाँ बसेको देख्न चाहाँदैन । तर अमेरिकाले भने उक्त क्षेत्र नजिकका सबै देशको स्वतन्त्र क्षेत्र भएको बताउँदै आएको छ ।

अमेरिकार चीन अहिले एकअर्कालाई युद्धको धम्की दिइरहेका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?