काठमाडौं । सशस्त्र प्रहरीका तत्कालिन डीआईजी रञ्जन कोइरालाविरुद्धको मुद्धा माननीय न्यायाधीशत्रय वमकुमार श्रेष्ठ, प्रकाश कुमार ढुंगाना र कुमार रेग्मीको इजलासमा सुनुवाइ हुने भएको छ ।
नेपाल सरकारले शुक्रवार दर्ता गराएको पुनरावलोकनमा सुनुवाइका लागि आज पेसी तोकिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासहितका सर्वोच्च अदालतका सात न्यायाधीशले हेर्न नमिल्ने भएपछि यसको जिम्मा वामकुमार श्रेष्ठ, प्रकाश कुमार ढुंगाना र कुमार रेग्मीलाई दिइएको हो ।
आफ्नै श्रीमतीको हत्या अभियोगमा जेलमा रहेका कोईराला सर्वोच्चको आदेशमा साउन ८ गते जेलबाट छुटेका थिए । सर्वश्वसहित जन्मकैदको फैसला घटाएर साढे ८ वर्ष मात्र कैद सजाय गर्ने सर्वोच्च अदालतको आदेश विरुद्ध प्रदर्शन भएका छन् ।
कोईराला डिल्लीबजार कारागारमा सर्वस्व सहित जन्मकैदको सजाय काटिरहेका थिए ।
रिहा भएका पूर्व डिआईजी रञ्जन कोईरालाका छोरा भन्छन् – ‘लेनदेनको कागज भेटेको थिएँ’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया