चीनले अमेरिकालाई दियो मिसाईल हमला गर्ने धम्की !

काठमाडौं । अमेरिका र चीनबीचको सम्बन्ध कोरोना पछि झनै बिग्रिँदै गईरहेको छ । दक्षिण चीनमा यो भन्दा अगाडि पनि दुई देशबीच विभिन्न कुरामा तनाव उत्पन्न भएको थियो । तर यसपटक भने चीन अमेरिकालाई उचित जवाफ दिने तयारीमा रहेको देखिएको छ ।

अमेरिकाले विवादास्पद क्षेत्रमा युद्धाभ्यास शुरु गरेपछि चीन अमेरिकालाई कारवाही गर्ने पक्षमा रहेको बुझिएको छ ।

अमेरिकी नौसेनाले दक्षिण चीन सागरमा आणविक उर्जाबाट सञ्चालन हुने आफ्ना दुईवटा एयरक्राफ्ट क्यारियर परिचालन गरेको छ।

साथै चीनले भने अमेरिकालाई अब यस्तो आक्रामक मनोवृत्तिमाथि मिसाइल हमला गर्ने धम्की दिएको छ।

चीनको आधिकारिक पत्रिका ग्लोबल टाइम्सले चीनको किलर मिसाइल डोंगफेंग २१ र डोंगफेंग २५ ले अमेरिकी एयरक्राफ्टलाई क्षणभरमै नष्ट गर्ने सक्ने बताएको छ ।

ग्लोबल टाइम्सले भनेको छ कि, दक्षिण चीन सागरमा तैनाथ अमेरिकी विमानवाहकहरु चिनियाँ सेनाको नियन्त्रणमा रहेको बताएको छ । साथै चिनियाँ सेनाले उनीहरूलाई क्षणभरमै नष्ट गर्ने सक्ने बताएको छ ।

यसभन्दा अगाडि युएस नेभीले चीनले कुनै किसिमको दुस्साहस गर्यो भने त्यसको उचित जवाफ मिल्ने चेतावनी दिएका थिए ।

लेफ्टिनेन्ट कमाण्डर सीन ब्रोफीका अनुसार अमेरिकी नौसेना विमानवाहक युएसएस निमिट्ज, युएसएस रोनाल्ड रेगन र चार युद्धपोतहरूले दिनहुँ दक्षिण चीनको युद्धाभ्यास गरिरहेका छन्। अहिले चिनियाँ नौसेनाले पनि यस क्षेत्रमा निरन्तर युद्ध गरिरहेको बताइएको छ ।

वास्तविक कुरा के छ भने, चीन र संयुक्त राज्य अमेरिकाले दक्षिण चीनमा संयुक्त अभ्यास शुरु गरेका छन्। अमेरिकाले यस अभ्यासको उद्देश्य यस क्षेत्रको तनाव र सामान्य उडानहरूको आचरण कम गर्नु बताएको छ ।

अमेरिकी विदेश मन्त्री माइक पोम्पीओले ट्वीटमार्फत चीनको यस अभ्यासको आलोचना गरेका छन्। उनले भने, ‘अमेरिकाले एशियाली देशहरुमा आएर गरेको युद्धाभ्यासलाई चीनले अन्य देशहरुलाई उक्साएको आरोप लगाएको छ, यो दाबीको हामी विरोध गर्दर्छौं ।’

दक्षिण चीन सागरमा बढ्दो तनावका कारण युद्धको स्थिती बन्दै गएको छ । चीनले विवादित क्षेत्रमा आफ्ना सेनाहरु परिचालन गरिरहेको छ भने अमेरिकाले जर्मनीमा रहेका आफ्ना सैनिकहरु हटाएर एशियाली मुलुकमा ल्याईरहेको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?