काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनमा सहभागी हुने अधिकांश प्रतिनिधिले सहभागिता शुल्क बुझाइसकेका छन् ।
शनिबार चितवनको भरतपुरमा बसेको केन्द्रीय समिति बैठकमा प्रतिनिधि व्यवस्थापन उपसमितिका संयोजक लिमा अधिकारीले हालसम्म ३ हजार ९९० जना प्रतिनिधिले प्रतिव्यक्ति ५ हजार रुपैयाँ शुल्क तिरेको जानकारी दिएका छन् ।
पार्टीका प्रवक्ता मनिष झाका अनुसार प्रतिनिधिसम्बन्धी तथ्यांक निर्वाचन आयोगमा बुझाइएको छ र अहिले रुजु गर्ने प्रक्रिया चलिरहेको छ ।
रास्वपाको महाधिवेशनमा ४ हजारभन्दा बढी प्रतिनिधि सहभागी हुने अपेक्षा गरिएको छ । महाधिवेशन आइतबारदेखि भरतपुरमा सुरु हुँदैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया