काठमाडौं । नेपालमा आज (शनिवार) एकैपटक २३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १५ हजार ४९१ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा।डा। जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा २३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।
कुन प्रदेशमा कति संक्रमित ?
प्रदेश १ : ६८६ जना
प्रदेश २ : ४०८३ जना
वागमती प्रदेश : ५२५ जना
गण्डकी प्रदेश : ११३३ जना
प्रदेश ५ : ३९४२ जना
कर्णाली प्रदेश : १५४० जना
सुदूरपश्चिम प्रदेश : ३५८२ जना
त्यस्तै, नेपालमा कोरोनाको कारण थप २ जनाको मृत्यु भएको छ ।
योसँगै नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या ३४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रायका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
मृत्यु हुनेमा गोरखा पालुङटारका ४४ वर्षीय पुरुष र रुपन्देही जिल्लाको देवदह नगरपालिकाका ७५ वर्षीय पुरुष रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया