१० वर्षीया बालिका मृतावस्थामा फेला, बलात्कारपछि हत्या भएको आशंका

काठमाडौं । धनुषामा दुई दिनदेखि बेपत्ता एक १० वर्षीया बालिका मृतावस्थामा फेला परेकी छिन् ।  जनकपुर उपमहानगरपालिका वडा नम्बर-२१ स्थित कुर्थाकी १० वर्षीया बालिका कन्चनकुमारी शुक्रबार बिहान खेतमा मृतावस्थामा फेला परेकी हुन् ।

स्थानीयले बालिकाको बलात्कारपछि हत्या भएको हुन सक्ने आशंका गरेका छन् । अहिले घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान थालेको छ । परिवारले बालिका बेपत्ता भएसँगै खोजबिन गर्दा कतैपनि फेला नपरेपछि बिहीबार अस्थायी प्रहरी चौकी कुर्थामा उजुरी दिएका थिए ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?