नेपालमा लकडाउनमा ११०५ जनाले गरे आत्महत्या, कोहि किन आत्महत्या गर्छन् ? (भिडियोसहित)

काठमाडौं – लकडाउन सुरु भएदेखि जेठसम्मको अवधिमा एक हजार एक सय पाँच जनाले आत्महत्या गरेको प्रहरीको तथ्यांक छ ।

गत वर्षको चैत ११ गतेदेखि जेठ १७ सम्मको यो अवधिमा कोरोनाबाट जम्मा ६ जनाको मृत्यु भएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो समाचार तयार पार्दासम्म देशभरि १५ जनाको मृत्यु भएको छ ।

११ चैतदेखि १० जेठसम्म कुल नौ सय ६३ जनाले आत्महत्या गरेकोमा त्यसपछिको एक हप्तामा एक सय ४२ जना अर्थात् दैनिक २० जनाले आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

यसरी हेर्दा लकडाउनको अवधिमा देशभर दैनिक १६ जनाभन्दा बढीले आत्महत्या गरेको तथ्यांक प्रहरीसँग छ ।

कुन प्रदेशमा कति ? 
वाग्मती प्रदेशमा लकडाउन सुरु भएयताको ६९ दिनमा दुई सय ३१ जनाले आत्महत्या गरेका छन् । जबकी कोरोनाबाट यस प्रदेशमा ४ जनाको मृत्यु भएको छ ।

प्रदेश–५ मा दुई सय ४२ जनाले आत्महत्या गरेका छन् । यस प्रदेशमा कोरोनाबाट ४ जनाले ज्यान गुमाएका छन् ।

प्रदेश–१ मा एक सय ८६ जनाले आत्महतया गरेका छन् । जबकी यस प्रदेशमा कोरोनाबाट मृत्यु भएको तथ्यांक छैन ।

प्रदेश– २ मा एक सय ५२ जनाले आत्महत्या गरेकोमा कोरोनाबाट १ जनाको कोरोनाको कारण ज्यान गएको छ ।

गण्डकीमा एक सय २१ जनाले आत्माहत्या गरेकोमा कोरोनाबाट १ जनाको मृत्यु भएको छ ।

कर्णालीमा ५८ जनाले आत्माहत्या गरेकोमा कोरोनाबाट ३ जनाको मृत्यु भएको छ ।

र सुदुरपश्चिम प्रदेशमा एक सय १५ जनाले आत्महत्या गरेको प्रहरीको तथ्यांकले देखाएको छ । यहाँ २ जनाले कोरोनाबाट ज्यान गुमाएका छन् ।

मनोविद् र अनुसन्धानकर्ताका अनुसार आत्महत्याको मूख्य कारण डिप्रेसन, तनाव, निराशापन, सिजोफ्रेनिया, भ्रम, तनाव, माईन्ड स्विङ भइरहने समस्या, व्यक्तित्व विकार, डर, अल्कोहलमा निर्भरता, जटिल दीर्घरोग आदि हुन् ।

विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओका अनुसार : 

डब्ल्यूएचओको अध्ययनमा समेटिएका एक सय ८३ देशमध्ये आत्महत्या हुने देशको ८१ औं स्थानमा नेपाल छ । लकडाउन सुरु भएयता भने पाँच सय ७१ पुरुष, तीन सय ९६ महिला, ५२ बालक र ८६ बालिकाले आत्महत्या गरिसकेका छन् ।

 यसरी रोकौं 
हरेक वर्ष सेप्टेम्बर १० तारिखका दिन विश्व भरिनै विश्व आत्महत्या निवारण दिवस मनाइन्छ ।सन् २००३ देखि आत्महत्या रोक्नको लागि विश्वव्यापी रुपमा प्रतिबद्धता र कार्यक्रमहरु आयोजन गर्ने गरेको हो ।

आत्महत्या गर्नुका पछाडि यही नै कारण हो भन्न सकिन्न । तर, पनि आत्महत्या गर्नुमा केही कारणले भने भूमिका खेल्दछ । ९० प्रतिशत मानिस आत्महत्या मानसिक रोगको कारणले गर्ने गर्दछन् । विभिन्न मानसिक रोगहरूमध्ये डिप्रेसनलाई आत्महत्या गर्न सघाउ पुर्‍याउने प्रमुख रोगको रूपमा मानिन्छ । यसका साथै बाइपोलार डिसअर्डर, स्किजोफेनियाजस्ता मानसिक रोगहरूले पनि आत्महत्या गर्न सघाउ पुर्‍याउँछ ।

मनोविश्लेषक वासु आचार्यका अनुसार जीवनमा आत्महत्या गर्ने सोच धेरैले गरेका हुन्छन् । जब उसले आत्महत्याको सोच राख्छ तब उसलाई परामर्शले पनि छुदैन् र उचित मौका र समयको प्रतिक्षामा हुन्छ ।

आचार्यका अनुसार यस्ता व्यक्ति आत्महत्या गर्नुपूर्व कसैको ऋण छ भने तिरिदिने, कसैसित झगडा परेको छ भने माफी माग्ने, कुनै घटना वा परिघटना भएमा त्यो सुल्झाउन थाल्दछन् ।

आत्महत्याको मुख्य कारण भनेको दुःख हो । मानिसको जीवनबाट जब खुसी हराउँदै जान्छ तब उसले विकल्प र सजीलो उपाय आत्माहत्या देख्छ ।

आत्महत्या गर्नेहरू गरिबि, पारिवारिक कलह, अधुरो प्रेम, आर्थिक असफलताजस्ता कारणबाट मानिस आत्महत्या गरेको देखिन्छ । यो बाहेक आत्महत्या गराउन प्रेरित गर्ने कारणमा सामाजिक र आर्थिक क्षेत्रमा विचलन, लगातार उदासिपन, चिन्तन, छटपटी हुनु, लगातार धेरै दिनसम्म निन्द्रा नलाग्नु, दोधार मनस्थिति, हरेक कुरामा चाहँना घट्दै जानुले पनि मानिसलाई नैरास्यता बनाउँछ र उ आत्महत्याको सोचमा पुग्छ ।कतिपय अनमेल विवाह, झै–झगडा, श्रीमान–श्रीमतीबीच बैमनस्यता, सासू–ससुराको टकस र प्रेम विछोडका कारण पनि मानिसले आत्महत्या गरेको पाइन्छ ।

युवा अवस्थाको लापरवाही, शिक्षाको ढिलाई र सँगसँगै पढेका साथीहरूको प्रगतिले पनि आत्मवल कम भएका मानिसलाई आत्महत्या गर्ने तर्फ उन्मुख पारेको हुन्छ ।

आत्महत्या गरेका मानिसहरूको अध्ययन गर्दा हरेक क्षेत्रको असफलता र बेरोजगारीका कारण पनि धेरै युवायुवतीले आत्महत्या गरेको पाइएको छ ।

 

आत्महत्या गर्ने शैली
पुरुषले घरको सिलिङमा झुण्डिने र नदीमा हामफालेर आत्महत्याको प्रयास गर्ने गरेको पाइन्छ ।

महिलाले भने धेरैजसोले हातको नसा काट्ने, निद्रा लाग्ने औषधि अधिक मात्रामा सेवन गरी आत्महत्याको प्रयास गर्ने गरेको पाइन्छ । कतिपयले झुण्डिएर आत्महत्या गर्ने गरेको पाइएको छ ।मानसिक रोगका साथसाथै मानिसको आफ्नै प्रयासबाट आत्महत्याको अवस्थासम्म पुग्ने गर्दछन् ।

रोकथाम कसरी गर्ने ? 

आत्महत्यालाई न्यूनीकरण गर्न उचित परामर्श, मनोशारीरिक परामर्श र आवश्यक भएमा मनोचिकित्सकसँग सल्लाह लिन सक्निछ । विशेष गरेर परिवारका सदस्यहरूले आत्महत्याको संकेत चिह्नलाई पहिचान गरेर उत्प्रेरणा दिँदै उनीहरूलाई समय धेरै दिनु आवश्यक हुन्छ । यसका साथै समयमा मनोविद्हरूसँग लगेर परामर्श लिने वातावरण तयार गरि दिनुपर्दछ ।

यस्तो हुनसक्छ, समाधान 
मनोविद्, प्रहरी, समाजशास्त्री, ‘काउन्सलर’ र विज्ञहरुको भनाइ यस्तो छ ।

आत्महत्यालाई नियन्त्रण गर्न सकिन्न । तर न्युनीकरण गर्न सकिन्छ ।

  • रिस वा आवेगको व्यवस्थापन गर्ने ।
  • पारिवारिक, सामाजिक, आर्थिक, शारीरिक र मानसिक, राजनीतिक आदि कारणहरुले व्यक्तिले आत्महत्याको बाटो रोज्छ । यसतर्फ सजग हुनैपर्छ ।
  • मानसिक स्वास्थ्यमा ध्यान दिने । डिप्रेसन, मानसिक असन्तुलन, लागुपद्धार्थ दुव्र्यसनी, धुम्रपान तथा मद्यपानको कुलत, केही दीर्घकालीन रोगहरु । जसको पहिचान गरेर उपचार गर्न सकेमा पनि धेरै हदसम्म आत्महत्या रोक्न सकिन्छ ।
  •  गर्भ बस्न लागेको समयमा वा भर्खरै गर्भावस्था भएमा ध्यान पुर्याउने ।
  • हिजोआज विभिन्न केन्द्रले ध्यान तथा साधना गर्ने सेवाहरु दिइरहेका छन् । ती सेवाहरु लिने व्यक्तिमा पनि नकारात्मक भावना आउँदैनन् ।
  • आत्महत्या न्युनीकरण गर्न सरकारले विशेष कार्यक्रम सञ्चालन गर्नुपर्छ ।
  • परिवारमा कोही सदस्यले नयाँ तथा फरक लाग्ने अस्वभाविक लाग्ने सामान्य व्यवहार देखाएमा तत्काल मनोपरामर्शदाता वा ‘काउन्सिलर’ सँग सम्पर्क राख्नुपर्छ ।

 

यो पनि :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?